कोरोनाको नाम ‘कोभिड–नाइन्टिन’

विराटनगर, २९ माघ । चीनबाट फैलिएको कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको नाम राखेको हो ।

मंगलबार विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको नाम राखेको बीबीसीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अदहानोम घेब्रिएससले भाइरसको नाम कोभिड–१९ राखिएको बताए ।

कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ । मृत्यु हुनेको संख्या एकहजार भन्दा बढी छ ।

Loading...