दैलेखमा पेट्रोलियम पदार्थ भेटियो

विराटनग, २९ माघ । दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टी भएको छ । पेट्रोलियम अन्वेषण परियोजनाले चार महिनाको अध्ययनपछि पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको हो ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले पेट्रोलियम पदार्थ रहेको देखिएको बताए ।

अध्ययनका क्रममा पेट्रोलियम पदार्थ रहेको वैज्ञानिक प्रमाण फेला परे पनि राष्ट्रिय हित र गोपनीयताका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने उनले बताएको खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Loading...