पत्रपत्रिकामा देश : एमसीसी संसोधन अमेरिकालाई अमान्य

विराटनगर,२९ माघ । अमेरिकाले एमसीसी कार्यान्यन प्रक्रियामा गइसकेका कारण कुनै संसोधन आफूलाई मान्य नगर्ने बताएको छ ।

एमसीसीका युरोप, एसिया प्यासफिक तथा ल्याटिन अमेरिका मामिला सम्बन्धी सहायक उपाध्यक्ष जोनथन ब्रुक्सले संसोधन अमेरिकालाई मान्य नहुने बताएका हुन् ।

नेपालको चार दिने भ्रमणमा रहेका उनले राजनीतिक दलका शीर्ष नेतासँगको भेटमा अमेरिकालाई संसोधन मान्य नहुने बताएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

नेपाल प्रहरीको आइजीपीमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको कार्यकाल सकिएसँगै नेपाल सरकारले प्रदेश १ का डिआइजी ज्ञवालीलाई महानिरिक्षकमा बढुवा गरेकाे खबर आजका पत्रपत्रिकाहरुमा छ ।

आम आदमी पार्टीले भारतको नयाँ दिल्लीको विधान सभामा दुई तिहाई बहुमत ल्याएको छ । बिधानसभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले ६२ सीटमा विजय भएको छ ।
कुल ७० सीटको विधान सभामा भारतीय जनता पार्टीले जम्मा ६ सिट जितेको छ ।

केन्द्रको प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थानमा जित निकाल्न नसकेको खबर काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा छ ।

नेपालमा ५५ हजार बालबालिका घरेलु कामदारको रुपमा रहेको पाइएको छ । गैर कानुनी रुपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन श्रम शोषण र यौन उत्पिडन हुने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...