फेसबुकमा प्रेमीकाकाे फाेटाे राखेर सप्तकोशीमा हाम्फालेका युवक बेपत्ता

सुनसरी, २८ माघ । प्रेमीकाले अर्कैसँग बिवाह गर्न लागेको भन्दै सप्तकोशीमा हाम्फालेका एक युवक बेपत्ता भएका छन् ।

बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुलबाट हाम्फालेका इटहरी– ९ का राजेश बानिया बेपत्ता भएका हुन् ।

बुलेट बाइक पुलमा राखेर हाम्फालेका युवक बेपत्ता भएको प्रहरीले जनाएको छ । कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन् ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।

रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हाम्फालेका युवा भेटिएका छैनन् । कोशीमा हाम्फालेको जानकारी पाएलगतै प्रहरीले खोजीकार्य सुरु गरेको छ ।

Loading...