विराटनगरमा ’ स्टडी इन नेपाल’ शैक्षिक मेला हुने

विराटनगर, २८ माघ । विराटनगरमा स्वदेशमै बसेर अध्यनन गर्न चाहाने विद्यार्थीलाइ लक्षित गर्दै ‘स्टडी इन नेपाल’ मेला आयोजना गरिने भएको छ । १ र २ फागुनमा इस्टर्न स्टार होटलमा शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।

मेलामा नेपालका मात्र शिक्षण संस्थाहरु सहभागि हुनेछन् । ‘लर्न लोकल्ली फिट ग्लोबल्ली’ भन्ने उदेश्यसहित मेला आयोजना गर्न लागिएको आयोजक संस्था भिसन मिडिया इनकर्पोरेशन एजुकेशन डट कमका निर्देशक तारामान रावलले बताए ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजकले स्वदेशमा नै उच्च शिक्षा लिन चाहाने विद्यार्थीहरुलाई लक्षित गरि मेला आयोजना गर्न लागेको बताएको छ ।

मेलामा त्रिभुवन विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय , पर्वाञ्चल विश्वविद्यालय , मध्यपश्चिमाञ्चल विश्वविद्यालयसहित अन्य अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध ३४ भन्दा बढि कलेजहरु सहभागी हुने रावलले जानकारी दिए ।

Loading...