ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरिक्षक नियुक्त

काठमाडौं, २८ माघ । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरिक्षक ज्ञवालीलाई महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरी २७ औं महानिरीक्षकमा बढुवा गरिएका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुख थिए ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो ।

ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए।

Loading...