ओभनमा पकाएर खानु क्यान्सर निम्त्याउनु बराबर

विराटनगर, २८ माघ । दिनहुँको काममा लाग्ने समय कम गर्न र सजिलो पार्नका लागि विभिन्न टेक्नोलोजीहरूको आविष्कार हुनेक्रम जारी छ ।

आजकल रेस्टुरेन्टमा मात्र नभएर माइक्रोवेभ ओभन मानिसहरूको घर घरमा देख्न सकिन्छ ।

तर, यसरी विद्युतबाट चल्ने ओभनमा पकाएर खाँदा विकिरणहरूले शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ ।

ओभनमा खाना पकाउने तथा तताउनाले मात्र पनि खानामा भएको पौष्टिक तत्वहरू ६० देखि ९० प्रतिशतसम्म नस्ट भएर जाने गर्छ ।

खानेकुराको संरचनामा नै परिवर्तन आउने भएकाले ओभनमा पकाएको खाना खाने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याएर स्वास्थ्यमा हानि पुर्‍याउने गर्छ ।

प्रतिरोधात्मक क्षमतामा कमी आएसँगै शरीरले विभिन्न व्याक्टेरिया तथा जीवाणुसंग लड्न सक्दैन र जसकारण शरीरमा विभिन्न रोगहरू लाग्न थाल्छ ।

ओभनमा कम समयमै खाना तताउन तथा पकाउनका लागि विभिन्न हानिकारक विकिरणहरू उत्पन्न हुने हुँदा विकिरणहरूले खानामा क्यान्सरजन्य तत्वको निर्माण गरी रगतमा क्यान्सरको कोशिकाको संख्या वृद्धि गराउँछ ।

ओभनमा पकाएको खाना धेरै पटक खानाले छालासम्बन्धी क्यान्सर हुने खतरा बढी देखिनुका साथै खानामा परिवर्तन ल्याएर पाचन प्रणालीमा समस्या निम्त्याइ ग्यास्ट्रिक, अरुचि, कब्जियत, झाडापखाला तथा पेटसम्बन्धी विभिन्न रोगहरू बढ्न थाल्छ ।

यसले व्यक्तिको मस्तिष्कमा समेत नकारत्मक प्रभाव पारी स्मरण शक्ति हराउने, केही कुरामा ध्यान दिन नसक्ने, वौद्धिक क्षमता तथा भावनात्मक अस्थिरता जस्ता मानसिक स्थिति उत्पन्न गराउँछ ।

ओभनमा पकाएको खानेकुरा खादा पुरुष तथा महिलाको हर्मोनको निर्माण प्रक्रियामा असर गरेर हर्मोनसम्बन्धी स्वास्थ्य समस्याहरू निम्त्याउने, अनुहार चाउरी पार्ने, समयअगावै वृद्ध बनाउने गर्छ ।

Loading...