वुहानमा कोरोनाका बिरामीलाई कछुवाको मासु खान दिँदै (भिडियोसहित)

विराटनगर, २८ माघ । मध्यचीनको वुहान शहरस्थित एउटा माछा बजारबाट सुरु भएको कोरोना भाइरस संक्रमित पशुपन्छीको मासु खाएका कारण फैलिएको मानिन्छ ।

सालकबाट चमेरोमा सरेको र चमेरोको सूप पीउनाले, कुकुर, बिरालो तथा सर्प खानाले नै कोरोना भाइरस मानिसहरुमा फैलिएको मानिसहरूको सोच रहेको छ ।

वुहानमा कोरोना भाइरसको बिरामीहरूलाई उक्त भाइरससँग लड्नका लागि कछुवाको मासु खान दिइरहेको भिडियो सार्वजनिक भएको छ ।

डेलीमेलको रिपोर्टमा सार्वजनिक गरिएको भिडियोको अनुसार हुबेई प्रान्तको राजधानी वुहानका अस्पतालहरू राखिएका बिरामीहरूलाई रातीको खानामा कछुवाको मासु खान दिने गरिएको देखिन्छ ।

चिनियाँ सञ्चारमाध्यमहरूमा भाइरल भइरहेको उक्त भिडियोमा एक जना व्यक्तिले खानामा नरम कवच भएको कछुवाको मासु खान दिएको बताएका छन् ।

चीनको परम्परागत चिकित्सा विज्ञानमा कछुवाको मासुलाई पोषक तत्व तथा प्रोटिनहरूले भरिपूर्ण मानिन्छ ।

चीनमा पाइने कछुवा खानाले बिरामीहरू छिट्टै निको हुने त्यहाँका मानिसहरूको मान्यता रहेको छ ।

कछुवाहरुलाई जंगल अथवा प्रजनन केन्द्रहरुबाट ल्याएर सूप बनाएर अस्पतालमा बिरामीहरूलाई खान दिइरहेको छ ।

वुहानका अस्पतालहरूमा यस निर्णयका लागि विशेषज्ञहरूले गम्भीर प्रश्न उठाइरहेका छन् ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

Loading...