डेम्बेले पाँच महिना मैदानबाहिर रहने

एजेन्सी, २८ माघ । बार्सिलोनाको स्ट्राइकर ओस्मान डेम्बेले पाँच महिना मैदानबाहिर रहने भएका छन् ।

फ्रान्सेली अट्याकर डेम्बेलेले चोटका कारण पाँच महिना मैदानबाहिर रहनुपर्ने भएको हो ।

खबरका अनुसार उनी सोमबार शल्यक्रियाका लागि फिनल्याण्ड गएका छन् ।

दाहिने खुट्टामा चोट बोकेका उनले अब शल्यक्रिया गर्नेछन् र पाँच महिना आराम गर्नेछन् ।

स्पेनिस मिडिया ‘एएस’का अनुसार अब क्लबले डेम्बेलेको स्थानमा नयाँ खेलाडीको खोजी गर्नेछ ।

डेम्बेलेले ला लिगामा यस सिजन पाँच खेल मात्र खेलेका छन् । जसमा उनले एक गोल गरेका छन् । यस सिजन उनी प्रायः घाइते अवस्थामा नै छन् ।

Loading...