युभेन्टसले ग्वार्डीओला भित्र्याउने

एजेन्सी, २८ माघ । इटालियन क्लब युभेन्टसले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओला भित्र्याउने तयारी थालेको छ ।

asd

केही समयअघि मात्र चेल्सीबाट मौरिजियो सार्री भित्र्याएको युभेन्टसले ग्वार्डीओलालाई अनुबन्धित गर्ने इच्छा देखाएको ‘द सन्’ को दाबी छ ।

सार्रीको नेतृत्वमा टोलीको प्रदर्शन अपेच्छाअनुरुपको नभएको भन्द युभेन्टसले ग्वार्डीओला भित्र्याउने मनसाय बनाएको बताइएको छ ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले पनि केही समयमा सिटी छाड्ने बताएका थिए ।

उनले सिटी छोड्ने कुरा उल्लेख गरेपछि इटालियन च्याम्पियन क्लब युभेन्टसले सार्रीको स्थानमा ग्वार्डीओलालाई रोजेको बताइएको छ ।

खबरका अनुसार युभेन्टसले ग्वार्डीओलालाई सिटीले भन्दा धेरै पारिश्रमिक दिनेगरी प्रस्ताव राख्न लागेको छ । हाल ग्वार्डीओलाले सिटीमा १५ मिलियन पारिश्रमिक पाउँदै आएका छन् ।

Loading...