नुहाउँदा साबुनको प्रयोग हुन सक्छ घातक

विराटनगर, २८ माघ । नुहाउँदा शरीर सफा हुनुका साथै शारीरिक स्फूर्ति बढ्ने र शरीर शितल हुने गर्छ ।

तर, शरीरलाई सफा राख्नका लागि दिनहुँ नुहाउन र साबुनको प्रयोग गर्न जरुरी हुँदैन । हप्ताको दुई या तीन दिन नुहाएमा शरीर सफा भइ रहन्छ ।

नुहाउँदा प्रयोग गरिने विभिन्न केमिकल भएको साबुनले छालामा धेरै नकारात्मक असर गर्ने हुन्छ ।

साबुनको प्रयोगले छालाको तेललाई हटाएर सुक्खा बनाउँछ ।

शरीरबाट निस्किने तैलीय पदार्थले छालाका कोषिकाहरूलाई सुरक्षित राख्न मद्दत गर्छ ।

र, साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान हुन्छ ।

शरीरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि छाला सुक्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुन सक्छ ।

शरीरको तैलीय पदार्थ नष्ट भएपछि विभिन्नखाले छालारोग बढ्ने सम्भावना उच्च हुन्छ ।

जति वास्नादार साबुनको प्रयोग गर्‍यो त्यति नै हाम्रो छालामा नकारात्मक असर पुग्ने हुन्छ ।

वास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ ।

यस्तो केमिकलले छालामा रहेको तैलीय पदार्थलाई नष्ट गर्ने काम गर्छ ।

अनुहारको छाला शरीरको छालाभन्दा नरम हुने हुँदा अनुहारमा साबुनको प्रयोग गर्नु हुँदैन ।

साबुनको प्रयोग ले अनुहार सुख्खा भएर छिट्टै चाउरी हुने समस्या देखापर्न थाल्छ ।

अझ काखी, जाँघ, पैतालालगायतका स्थानमा साबुन प्रयोग गर्नु निकै हानिकारक हुन सक्छ ।

दिनदिनै नुहाउनु परेपनि चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फूर्ति प्राप्त हुन्छ ।

बजारमा साबुनको विकल्प बडी वास, सोप वासहरू प्रशस्त आउन थालेका छन् । यी सामग्रीहरूको प्रयोग गर्न सकिन्छ ।

Loading...