‘कभी ईद कभी दीवाली’मा सलमानको जोडी पूजा

विराटनगर, २८ माघ । बलिउडका चर्चित अभिनेता सलमान खानको घोषणा भएको नयाँ फिल्म ‘कभी ईद कभी दीवाली’ मा सलमानको अपोजिटमा नायिका पक्का भएकी छन् ।

सलमान र निर्माता साजिद नाडियडवालाले संयुक्त रूपमा निर्माण गर्न लागेका फिल्ममा अभिनेत्री पूजा हेग्डे अनुबन्धित भएकी हुन् ।

निर्माण टिम र पूजाबीच सम्झौता पनि भइसकेको खवर भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ ।

पूजाले यसअघि फिल्म ‘हाउसफुल ४’मा काम गरेकी थिइन् । उक्त फिल्मका निर्माता पनि साजिद नै हुन् ।

‘हाउसफुल ४’ मा काम गर्दा म पूजाको कामबाट निकै प्रभावित भएको र फिल्मको क्यारेक्टरका लागि सुहाउँदो भएपछि पूजालाई फिल्मको अफर गरिएको साजिदले बताए ।

सलमानको फ्यान भएका कारण पूजा पनि सलमानसँग काम गर्नको लागि निकै उत्साहित छन् ।

पूजाले फिल्ममा गाउँले सोझी युवतीको भूमिका निर्वाह गर्नेछिन् भने सलमानको भूमिका भने अहिलेसम्म खुलाइएको छैन ।

सलमान अहिले २०२० को ईदमा रिलिज हुने ‘राधेः द मोस्ट वान्टेड भाइ’ फिल्ममा व्यस्त छन् ।

Loading...