ज्लाटानलाई लुकाकुको सन्देश : ‘शहरमा नयाँ राजा आएको छ’

एजेन्सी, २८ माघ । इटालियन क्लब इन्टर मिलानको स्टार खेलाडी रोमेलु लुकाकुले एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिकलाई सन्देश पठाएका छन् ।

‘मिलान डर्बी’मा जित निकालेपछि लुकाकुले ट्वीटरमार्फत ज्लाटान इब्राहिमोभिकलाई सन्देश पठाएका हुन् ।

आइतबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई ४–२ गोलले हराएको हो ।

इन्टर मिलानको मैदानमा भएको खेलमा घरेलु टोलीले एसी मिलानको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो ।

खेलको ४०औं मिनेटमा मिलानका अन्टे रेबिकले गोल गरेपछि पाहुना टोलीले अग्रता बतनाएको थियो ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा ज्लाटान इब्राहिमोभिकले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाएका थिए ।

तर, दोस्रो हाफमा इन्टरले ४ गोल गरेको हो ।

खेलको ५१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले र ५३औं मिनेटमा माटियास भेकिनोलोले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्किएको थियो ।

यस्तै खेलको ७०औं मिनेटमा स्टेफान डी भ्रिजले गोल गर्दै इन्टरलाई ३–१ गोलको अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा रोमेलस लुकाकुले गोल गर्दै घरेलु टोलीलाई ४–२ गोलको जित दिलाए ।

‘मिलान डर्बी’मा जित निकालेपछि उसले साविकको विजेता युभेन्टसलाई उछिन्दै पहिलो स्थान बनाएको हो ।

उसले २३ खेलबाट ५४ अंक बनाएको छ ।

दोस्रो स्थानको युभेन्टससँग पनि समान खेलबाट समान अंक छ । तर, युभेन्टस गोलान्तरको आधारमा पछि परेको छ ।

लुकालुले मिलान डर्बीमा दोस्रो जित निकालेका हुन् ।

गत २१ सेप्टेम्बरमा इन्टरले एसी मिलानमाथि २–० गोलको जित निकालेको थियो ।

जसमा लुकाकुले एक गोल गरेका थिए । पुनः एसी मिलानलाई हराएपछि उनले ट्वीटरमा नयाँ राजा आएको संज्ञा दिए ।

उनले खेलपछि ‘यहाँ शहरमा नयाँ राजा आएको छ ।’

Loading...