Rumpum

Rumpum Advertisement

जन्तेढुङ्गामा सशस्त्र प्रहरीको बेस क्याम्प निर्माण हुँदै

जन्तेढुङ्गामा सशस्त्र प्रहरीको बेस क्याम्प निर्माण हुँदै

खोटाङ, २८ माघ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको सुरक्षा वेश क्याम्पको भवन निर्माण सुरु भएको छ ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाले ६९ लाख लगानीमा सशस्त्र प्रहरीका लागि पाँच वटा भवन निर्माण गर्न सुरु गरेको हो ।

२०६६ सालमा स्थापना गरिएको सुरक्षा वेश क्याम्प भवन अभावमा अन्यत्र सर्ने तयारी गरेपछि गाउँपालिकाको लगानीमा भवन निर्माणको काम थालिएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताए ।

उनले भने, ‘अहिले कृषि तथा भेटेनरी शाखाको कार्यालयमा सञ्चालन भइरहेको छ । आफ्नै भवन अभावमा अन्यत्र सर्ने तयारी गरेपछि स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा पाँच वटा सुविधासम्पन्न भवन निर्माणको काम सुरु गरिएको हो ।’

सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्पका लागि स्थानीय नरमायाँ खड्काले साँढे तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएकी हुन् ।

अहिले वेश क्याम्पका लागि ११ रोपनी जग्गा निःशुल्क प्राप्त भइसकेको गाउँपालिकाले जनाएको छ ।