खाजामा चाउमिन खाने बानी भए एकपल्ट अवश्य पढ्नुहोस्

विराटनगर, २८ माघ । नेपालीहरूको सबैभन्दा मनपर्ने खाजा मःमपछि चाउमिनलाई मानिन्छ ।

धेरैले दैनिक जसो खाजाको रूपमा चाउमिन खाने गरेका हुन्छन् । छिटो र मीठो पाइने भएकोले यसलाई सबले रुचाउने गर्छन् ।

दैनिक खाजाको रूपमा चाउमिन खानु स्वास्थ्यका लागि खतरनाक हुने गर्दछ ।

टल, रेष्टुरेन्टहरूमा भीड अत्यन्तै हुने र उक्त मानिसहरू खाजाको रूपमा चाउमिन नै खान मन पराएको देखिन्छ ।

तर, चाउमिन धेरै खानु हुँदैन र बढी खाए के हुन्छ भन्ने कुरा थाहा नभएको कारणले पनि मानिसहरूले धेरै खाने गरेको पाइन्छ ।

चाउमिन बनाउन मैदाको प्रयोग गरिन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन ।

मैदालाई सेतो तथा चमकदार बनाउनका लागि बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ ।

मैदाबाट बनेको चाउमिन वा अन्य खाने कुराहरू दैनिकजसो खाने गरेमा स्वास्थ्यमा हानि पुग्न जान्छ ।

नियमित रूपमा मैदाबाट बनेको चाउमिन वा अन्य खानेकुरा खाने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।

र, त्यस्ता व्यक्तिहरू छिट्टै विभिन्न रोगको शिकार हुने गरेको पाइन्छ ।

मैदा बनाउने क्रममा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुने गर्छ जसले गर्दा ग्यास्ट्रिक, एसिडिटी, पेटका समस्या तथा शरीरका हड्डी कमजोर गराउछन् ।

चाउमिनको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराइ कब्जियतको समस्या उत्पन्न गराउनुका साथै टाउको दुख्ने, छिट्टै थाक्नेलगायतका समस्या निम्त्याउँने गर्छ ।

मैदा धेरै मात्रामा खाँदा शरीरमा सुगरको मात्रा बढ्न गइ सुगर बढ्छ र रगतमा ग्लुकोज जम्मा हुन्छ ।

जसले शरीरमा केमिकल रियाक्सन सुरु गरी मधुमेह, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढेर जान्छ ।

Loading...