मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

विराटनगर, २८ माघ । मोरङको बुढीगंगामा मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सोमबार राति भएको उक्त दुर्घटनाबाट सुनसरी दुहबी–८ बस्ने २७ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

सोमबार राति ११ बजे बुढीगंगा–५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडकखण्डमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को२७प ८३६७ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ विजुलीको पोलमा ठोक्किएको थियो ।

उक्त दुर्घटनाबाट सोही मोटरसाइकलका चालक चौधरी गम्भीर घाइते भएका थिए ।

उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा आज बिहान पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Loading...