‘प्रेमगीत ३’ ले प्रदर्शन अगाडि नै कमायो ५० लाख

विराटनगर, २८ माघ । चैत २८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ले प्रदर्शन अगाडि नै ५० लाख रुपैयाँ कमाएको छ । यो फिल्म अब उत्तर अमेरिका, क्यानडालगायत अफ्रिकी देशहरूका नेपाली दर्शकले पनि फिल्म हेर्न पाउने भएका छन् ।

ती क्षेत्रमा फिल्म प्रदर्शनका लागि ग्लोबल नेपाली अवार्डसँग सोमबार सम्झौता गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका हुन् ।उक्त संस्थाका प्रमुख नवराज श्रेष्ठसँग ४९ लाख ९९ हजार ९ सय ९९ मा फिल्मको बिदेशी राइट सम्झौता गरेको हो ।

सम्झौता गरेपश्चात निर्माता निर्देशक सेनले नेपाली फिल्महरू विस्तारै विश्वव्यापीकरण भइरहेको बताएका छन् । यो खुशी आफ्नो लागि मात्र नभएर नेपाली फिल्महरूको लागि रहेको उनले थपे ।

फिल्ममा डेढ सय वर्ष अगाडिको कथामा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशीर राणालगायतका कलाकारहरूको अभिनय छ ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक भएको पहिलो गीत दर्शकले निक्कै रुचाएका छन् ।

Loading...