Rumpum

Rumpum Advertisement

बैकल्पिक धारको पत्रकारिता गर्नुपर्ने दलितहरुको जोड

बैकल्पिक धारको पत्रकारिता गर्नुपर्ने दलितहरुको  जोड

इटहरी २८ माघ । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित अधिकारकालागि वैकल्पिक धारको पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन ।
सुनसरीको ईटहरीमा सोमबार दलित सवालमा मिडियाको भुमिकाबारे चर्चा गर्दै अध्यक्ष पहाडीले दलित समुदायका समस्याहरुले मुलधारका मिडियाहरुले अझै आवश्यकता अनुसार स्थानि नदिएकोले दलितहरु ऋाझै वैकल्पिक धारको पत्रकारिता गर्नुपर्नेमा जोड दिएका हुन ।
पहाडीले राज्य र निजी क्षेत्रले दलित समुदायले संचालन गरेका संचार माध्यमलाई उपेक्षा गरेको बताउदै संघले विभेद हटाउन संघर्षको थालनी गर्ने चेतावनी दिए ।
राष्ट्रिय दलित पत्रकारको संगठन विस्तार गर्ने क्रममा देश दौडाह गरिरहेका उनले हालसम्म ९ सय ८२ जना दलित समुदायका पत्रकारलाई संगठित गरिसकेको जानकारीसमेत दिए ।
एक नम्बर प्रदेश सांसद उमिता बराइलीले नेपालको शिक्षित मानिएको एक नम्बर क्षेत्रमा राजनैतिक रुपमा अझै चरम बिभेद भैरहेको बताइन । उनले दलितहरुले सहभागीताको अधिकारमा समानता नपाएसम्म जातिय बिभेद र छुवाछुत पुर्ण अन्त हुसक्दैन भनिन ।
एनले नेपालका ६० लाख दलितलाई अपमान गरेर देश समृद्धिको बाटोमा अगाडि जान नसक्ने बताइन ।