निम्तो कार्डमा बेहुला बेहुलीकाे जन्ममिति अनिवार्य


उदयपुर,२८ माघ । सामान्यतया विवाहको कार्ड दिदा बेहुला बेहुलीको जन्ममिति राखिदैन् । तर पछिल्लो समय उदयपुरमा विवाहको निम्तो कार्डमा अनिवार्य जन्ममिति राख्न थालिएको छ ।

बाल विवाह नियन्त्रण गर्न कार्डमा अनिवार्य उमेर उल्लेख गर्नुपर्ने नियम बनाइएको हो ।

विहेवारी २० वर्ष पारि भन्ने अभियानलाई सफल बनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरले नियम बनाएपछि स्थानीयले विहेको कार्डमा वेहुवा बेहुलीको उमेर लेख्न थालेका छन् ।

प्रहरीले पनि अभियान्ताहरु मार्फत छापाखानाहरुलाई पत्र पठाएर उमेर खुलाएर मात्र विवाहको कार्ड छाप्न भनेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Loading...