Rumpum Advertisement

प्रदेश वातावरण विधेयक : मापदण्ड मिचे परामर्शदातालाई कारवाही

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश वातावरण विधेयक : मापदण्ड मिचे परामर्शदातालाई कारवाही

विराटनगर, २८ माघ । वातावरणीय अध्ययन प्रतिवेदन मापदण्ड विपरित बनाउने परामर्शदातालाई नै कारवाही गर्नेगरी प्रदेश सरकारले बिधेयक तयार पारेको छ ।

प्रदेश १ को उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रदेश बातावरण व्यवस्था गर्न बनेको बिधेयकमा मापदण्ड विपरित र गुणस्तरविपरित अध्ययन प्रतिवेदन तयार पार्ने परामर्शदातालाई ५ वर्षसम्म प्रतिबन्ध र क्षतिपूर्ती भराउने व्यवस्था गरिएको हो ।
नागरिकको स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाच्न पाउने मौलिक हकको सुनिश्चित गर्न वनस्पति, प्रकृति तथा भौतिक बस्तुमाथि हुनसक्ने प्रतिकुल प्रभाव कम गर्न विधेयकमा कारवाहीको व्यवस्था राखिएको खबर कान्तिपुर दैनिकमा छ ।