कोरोना प्रकोप : ४२ हजार बढीमा संक्रमण भएको पुष्टी, मृत्यु हुनेकाे संख्या एक हजार नाघ्याे

विराटनगर, २८ माघ । चीनमा फैलिएको कोरोना भाइसरका कारण मृत्यु हुनेको संख्या एक हजार ११ पुगेको छ । बीबीसीका अनुसार पछिल्लो समय मृत्यु हुनेको संख्या एक हजार ११ पुगेको हो ।

त्यस्तै संक्रमितको संख्या पनि बढेको छ । मंगलबार बिहानसम्म ४२ हजार २ सयमा संक्रमण भएको पुष्टी भएको छ ।

गएको २४ घण्टामा मात्र एक सय तीन जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये एक हजार ९ ले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् ।

भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा सहरमा मात्र ९ सय ७४ जनाको ज्यान गएको छन् । वुहानमा संक्रमितको संख्या ३१ हजार सात सय २८ जनामा छन् ।

तीन हजार नौ सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना प्रभावित र उपचारमा संलग्न चिकित्सलाई सान्तवना दिन अस्पताल पुगेका छन् । सोमबार कोरोना प्रभावितको उपचार भइरहेको अस्पतालमा उनी पुगेका हुन् ।

अस्पतालभित्र पस्नुअघि उनको तापक्रम जाँचेर पठाइएको थियो । उनले मिडियासँग बोल्दै सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि थप निर्णायक कदम अघि बढाउने बताए ।

Loading...