पत्रपत्रिकामा प्रदेश : लागूऔषध तस्करीमा बालबालिका, मालपोतमा सेवाका नाममा सास्ती

विराटनगर, २८ माघ । लागूऔषध तस्करीमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ । विराटनगरको बखरी प्रहरी चौंकीले सीमवर्ती बजार जोगवनीबाट फर्किएका १४ वर्षिय युवकको साथबाट लागूऔषध फेला परेपछि बालबालिकाकाे प्रयाेग हुने गरेकाे पाइएकाे हाे ।

प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध प्रयोग र सेवनमा बालबालिकाहरु प्रयोग हुँदै आएको खबर आजको ब्लाष्ट दैनिकमा छापिएको छ ।

इटहरी उपमहानगर क्षेत्रबाट १० महिनमा २३१ मोबाइल फेला पारेको छ । प्रहरीले फेला पारेको मध्ये सोमबार ३६ थान मोबाइल सम्बन्धित व्यक्तीलाई हस्तान्त्रण गरेको छ । पछिल्लो दश महिनामा ५५ लाख मुल्य बराबरको मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई हस्तान्त्रण गरेको खबर आजको उद्घोष दैनिकमा छ ।

मालपोत कार्यालयले सार्बसाधरणलाई सास्ती दिने गरेको छ । सर्बसाधरणको चासो बढी रहेको मालपोत कार्यालयको सेवा सहज बनाउन सरकारले अनलाइन पद्धती लागु गरेको थियो । तर अनलाइन नै नचल्दा सर्बसाधरणले दमक मालपोत कार्यालयमा दुःख पाइरहेको खबर आजको ब्लाष्ट दैनिकमा छ ।

प्रदेश १ को संसदको बैठक नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सोमबार दोस्रो दिन नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको खबर आजका पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।

लेखा परीक्षक प्रवल घिमिरेको संकास्पद मृत्यु प्रकरणको निश्पक्ष छानविन गर्न आफन्त र स्थानीयले माग गरेका छन् । मोरङ प्रहरी प्रमुख विश्व अधिकारीलाई भेट गर्दै उनीहरुले निश्पक्ष छानविन गर्न आग्रह गरेको खबर आजको न्यू सृष्टि दैनिकले प्रकाशित गरेको छ ।

Loading...