पत्रपत्रिकामा देश : शिवपुरीको जग्गा पनि यती कै पकडमा, कोरोनाका कारण लसुनको मुल्य आकाशियो

विराटनगर,२८ माघ । शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यती समुहले आफ्नो पकडमा पारेको छ । कानुनत निकुञ्जको जग्गा व्यावसायिक काममा दिन मिल्दैन् । तर यती समुहले २१६ रोपनी जग्गा वार्षिक ४० हजारको दरले भाडा तिर्ने गरी लिजमा लिएको हो ।

विस २०७३ सालमा निकुञ्जको नाममा आएको जग्गा वर्तमान सरकार बनेको चार महिनापछि नै यती वल्ड इन्भेस्टमेन्टलाई दिइएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लसुनको मुल्य आकाशिएको छ । नेपालमा वार्षिक करोडौं मुल्य बराबरको लसुन विदेशबाट आयात हुन्छ ।

चालु आर्थिक वर्षको ६ महिनामा पनि ६३ अर्ब ७१ लाख मुल्य बराबरको लसुन विदेशबाट भित्रिसकेको छ । नेपालले लसुन आयात गर्ने मुख्य देश चीन हो ।

कोरोना भाइरसका कारण चीनले निकाशी पैठारी बन्द गरेपछि नेपालमा लसुनको मुल्य अकाशिएको हाे । चीनबाट आयात नभएपछि लसुनको मुल्य पाँच गुणा वृद्धि भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुनाको हत्या भएको छ । सोमबार बिहान लतिलपुरको सानेपामा रहेको आफ्नै घरमा गम्भीर अवस्थामा भेटिएकी मुनाको स्टार अस्पतालमा निधन भएको थियो ।

प्रहरीका अनुसार मुनाको हत्यामा बिजय चौधरी संलग्न थिए । कार्कीकै घरका कामदार चौधरी पनि मृत भेटिएका छन् । मुनाको हत्यापछि बिजयले आत्महत्या गरेको प्रहरीले बताएको खबर आजका पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।

चीनमा रहेका नेपाली ल्याउन सरकारले ३ फागुनमा जहाज पठाउने भएको छ । कोरोनाका कारण प्रभावित भएकाहरुलाई नेपाल फर्काउनका लागि सरकारले ३ फागुनमा ल्याएर सर्बसाधरणलाई काठमाडौंका चार स्थानमा राखिने काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले समाचार प्रकाशित गरेका छन् ।

Loading...