ओमानसँग बदला लिने दाउमा अमेरिका

काठमाडौँ, २८ माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज फेरि ओमान र अमेरिकाले खेल्दैछन् ।

बिहान साढे ९ बजेबाट सुरु हुने यस खेल खेल कीर्तिपुर मैदानमा हुनेछ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने यस खेलमा दुवै टोली जित निकाल्ने दाउमा छन् ।

अमेरिका भने ओमानसँग बदला लिने दाउमा छ । यसअघि अमेरिकाले ओमानसँग ६ विकेटको पराजय भोगेको थियो ।

हाल ओमान १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

उसले ९ खेलमध्ये ७ खेलमा जित निकालेको छ । अमेरिका १० खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि ओमानले घरेलु टोली नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले हराएको थियो ।

यता, अमेरिकाले भने पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा नेपालसँग हार ब्यहोरेको थियो ।

Loading...