ए डिभिजन लिग : मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं, २७ माघ । मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलकाे शीर्ष स्थानमा उक्लिएको छ । संकटा क्लबमाथि ३–१ को जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा साेमबार भएको खेलमा मछिन्द्रका खेलाडी देवेन्द्र तामाङ, विशाल राई ‘बी’, र दिपक रार्इले एक–एक गोल गरे। संकटाका लागि मेसोउकेले गरे।

जीत सँगै मछिन्द्रले उपाधि दाबेदारी कायम राखेको छ । अर्काे उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पारेको छ ।

Loading...