कोरोना प्रभावितको उपचारमा राष्ट्रपति सीको चासो, विरामी भेट्न अस्पतालमा

एजेन्सी, २७ माघ । चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना प्रभावित र उपचारमा संलग्न चिकित्सलाई सान्तवना दिन अस्पताल पुगेका छन् । सोमबार कोरोना प्रभावितको उपचार भइरहेको अस्पतालमा उनी पुगेका हुन् ।

अस्पतालभित्र पस्नुअघि उनको तापक्रम जाँचेर पठाइएको थियो । उनले मिडियासँग बोल्दै सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि थप निर्णायक कदम अघि बढाउने बताए ।

सीले चीनले यो वर्षमा आफ्‍नो सामाजिक तथा आर्थिक अवस्थालाई सबल बनाउन प्रयास गर्ने बताए।

चीन सरकारले भाइरस फैलिन नदिन चीनका विभिन्‍न प्रान्तहरुमा बन्द गरेको छ । शैक्षिक संस्था पनि बन्द छन् ।

चीनमा कोरोना भाइरसका कारण चीनमा ९ सय १० जनाको मृत्यु भइसकेको छ ।

Loading...