हिमाली क्षेत्रको प्रेम कथामा आधारित ‘मन्त्र’को टिजर (भिडियोसहित)

विराटनगर, २७ माघ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको अभिनय रहेको फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको टिजरमा सौगात र दीयाको प्रेममा आउने उतार–चढावमा फिल्म केन्द्रित रहेको देखिन्छ ।

टिजरमा सौगात र दीया हिमाली भेशभूषा र लवजमा देखिएका छन् जसले दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्मको नाम छायांकनमा जाँदा ‘बमकाजी’ राखिएको थियो ।

तर, कथा संग मिलाउनका लागि फिल्मको नाम ’मन्त्र’ राखिएको निर्देशक गुरुङले बताएका हुन् । फिल्मलाई आउँदो नयाँ वर्ष २०७७ मा प्रदर्शन गर्ने निर्माण टिमको जुटेको छ । तर, प्रदर्शन मिति भने टुंगो लागेको छैन ।

फिल्म गोरखाको मनास्लु क्षेत्रमा संजय लामाले छायांकन गरेका हुन् । टिजरमार्फत त्याहाँको प्राकृतिक सुन्दरता प्रस्ट देख्न सकिन्छ । निर्माण टिमले मनास्लु क्षेत्रमा छायांकन गरिएको पहिलो फिल्म ‘मन्त्र’ रहेको दाबी गरेको छ ।

हिमाली क्षेत्रको प्रेम कथामा आधारित रहेको फिल्म ‘मन्त्र’मा सौगात र दियाका साथ बुद्धि तामाङ, नमिता घिसिङ्ग, वीरबहादुर लामालगायतका कलाकारहरूको अभिनय छ । साम्तेन भुटियाको लेखनमा तयार भएको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत छ भने फिल्मलाई मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

मनोज राजभण्डारीको निर्माणमा तयार भएको फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्मातामा, रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सहनिर्मातामा रहेका छन् ।

Loading...