कोरोना भाइरसको डरका कारण मास्क लगाएर बिहे !

एजेन्सी, २७ माघ । दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले कोरोना भाइरस संक्रमणको डरका कारण मास्क लगाएर विवाह गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोल नजिकैको गेप्युजिआ गुन शहरको युनिफिकेश चर्चमा गत साता सयौं जोडीका लागि सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको थियो ।

दक्षिण कोरियामा अहिलेसम्म २४ जनामा संक्रमण देखिएको छ ।

र त्यही कोरोना भाइरसको संक्रमण हुने डरका कारण विवाह समारोहमा उपस्थित हुने आफन्तहरूका साथ साथै बेहुला बेहुलीसमेत मास्क लगाएर उपस्थित भएका थिए ।

केहीले भने मास्क लगाएका थिएनन् ।

युनिफिकेश चर्चले सन् १९६० देखि सामूहिक विवाह समारोह गर्दै आएको र कोरोना भाइरसको संक्रमणको क्रममा पनि यो क्रम भने रोकिएन ।

विवाहपूर्व सबै जोडी र पाहुनाको मेडिकल टेष्ट गरिएको थियो ।

सबैमा कोरोना भाइरसको संक्रमण नभएको पुस्टि भएपछि मात्र विहेमा सहभागी हुन दिइएको थियो । साथै, त्यहाँ उपस्थित सबैलाई चर्चले नै मास्क दिएको थियो ।

उक्त समारोहमा कम्तीमा पनि ३० हजार मास्क बाँडिएको चर्चित मिडिया ‘गार्जियन‘ले जानकारी दिएको छ ।

Loading...