दिमाग तेज बनाउनका लागि यी खानेकुराहरूमा जोड

विराटनगर, २७ माघ । उमेर बढेसँगै प्रायः मानिसहरू सानो–सानो कुराहरू बिर्सिरहेका हुन्छन् ।

बिहानदेखि गर्छु भनेर सोचेको काम दिउँसो नहुँदै भुसुक्कै बिर्सिने, केही समान लिन भनेर कोठा गएको केही नलिकन फर्किरहेका हुन्छौं ।

उमेरसँग बिर्सिने बानी देखापर्नु सामान्य हो । तर, उमेर नपुगेकाहरूमा समेत बिर्सिने समस्या देखा पर्न थालेको छ ।

बिर्सिने बानीले काममा अवरुद्ध आउनुका साथै तनाब पनि उत्पन्न हुन्छ ।

बढी भुल्ने समस्याको मुख्य कारण शरीरमा खास पौष्टिक तत्वको कमी भएको पाइएको छ ।

दैनिक खानपानमा विभिन्न प्रकारको खाने कुरालाई समावेश गर्दा मस्तिष्कको विकास भइ यसको कार्य क्षमता र स्मरण शक्ति बढ्ने गर्छ ।

दिनहुँ बदाम, ओखर तथा थिरै मात्रामा ड्राइ फ्रुटको सेवनले स्मरण शक्ति बढाऊन मद्दत गर्छ ।

ओखर र बदाममा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टीअक्सिडेन्ट जस्ता आवश्यक तत्वहरू पाइन्छ ।

दैनिक ठिक्क मात्रामा चिया, कफी, बेसार, दालचिनी तथा मरिचको सेवनले मस्तिष्कको क्षमता वृद्धिमा सहयोग पु¥याउने गरेको पाइन्छ ।

नियमित रूपमा दही खाने व्यक्तिको दिमाग तेज हुन्छ ।

दहीमा पाइने एमिनो एसिडले दिमागमा भएको तनाव कम गरी स्मरण शक्तिलाई बढाउन मद्दत गर्छ ।

स्ट्रबेरीमा प्रशस्त मात्रामा पाइने एन्टी अक्सिडेन्टले मस्तिष्कका कोषलाई क्षति हुनबाट बचाइ मस्तिस्कको विकास गर्छ ।

छिटो बिर्सिने समस्या भएका मानिसले दिनको २ देखि ३ वटा तुलसीको पात खानुपर्छ ।

कार्बोहाइड्रेटले शरीर तथा मस्तिष्कलाई अल्छि बनाउने हुँदा कार्बोहाइड्रेट नभएका खानेकुरा, हरियो सागसब्जी, सलाद, मौसमी फलफूल तथा प्रसस्त मात्रामा पानी समावेश गर्न जरुरी हुन्छ ।

यस्ता खाने कुरामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, तथा विभिन्न तत्व पाइन्छ जसले हाम्रो दिमाग तेजिलो बनाउँछ र बिर्सिने समस्या पनि कम हुन्छ ।

Loading...