Rumpum

Rumpum Advertisement

च्यासलसँग हारेसँगै सरस्वती ‘बी’ डिभिजनमा घटुवा

च्यासलसँग हारेसँगै सरस्वती ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं, २७ माघ । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले जित निकालेको छ ।

सोमबार भएको दोस्रो खेलमा च्यासलले सरस्वती युथ क्लबविरुद्ध २–१ गोलको जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासललाई जिताउन जापानी खेलाडीहरू ताइगा नाकामुरा र हायातो वाकिनोले समान एक–एक गोल गरे ।

यता, सरस्वतीका काजिम बुसारीले एक गोल गरे ।

यससँगै सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ । सरस्वती लिगको एक खेल बाँकी रहदै घटुवा भएको हो । क्लवको इतिहासमा सरस्वती दोस्रो पटक ए डिभिजनबाट रेलिगेट भएको हो ।

सरस्वती आठ वर्षपछि रेलिगेसमा परेको हो । अन्तिम पटक सरस्वती २०६३ सालमा रेलिगेट भएको थियो ।

च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अंक जोड्यो ।