एजेन्सी, २७ माघ । यस सिजन स्पेनिस ला लिगामा रियल मड्रिड उपाधि होडमा छ ।
हाल शीर्ष स्थानमा रहेको साविकको विजेता बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ ।

अघिल्लो सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको ऊ हाल लयमा देखिएको छ ।
रियल ला लिगाअन्तर्गत पछिल्ला १४ खेलमा अपराजित छ ।
आइतबार राति ओसासुनाविरुद्ध जित निकालेको उसले ला लिगामा १४ खेलयता हार ब्यहोरेको छैन ।
रियलले ओसासुनाविरुद्धको खेल ४–१ गोलले जितेको थियो ।
ओसासुनाकै मैदानमा भएको खेलमा रियललाई जिताउन इस्को, सर्जियो रामोस, लुकास भास्क्वेज र लुका जोभिकले समान एक–एक गोल गरेका थिए ।
यस सिजन ला लिगामा २३ खेल खेल्दा १५ खेलमा जित, ७ खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको उसले १४ गोल गरेको छ ।
हाल ऊ ५२ अंकसहित शीर्ष स्थान छ । दोस्रो स्थानको बार्सिलोनासँग ५१ अंक छ ।