शहरको सुन्दरता सडकले बोक्छ- फोटो समाचार

कुनै शहर सुन्दर र सभ्य भएको अभास गराउने पहिलो सडक हो ।

जो कसैलाई शहरसम्म सडकले नै ल्याउँछ । त्यही सडकले आगन्तुकलाई शहर घुमाउँछ, देखाउँछ ।

आफैँ दरिद्र र कमजोर देखियो भने सन्देश पक्कै राम्रो जाँदैन । वास्तवमा सडकमा सवारीको पेटीमा पैदल यात्रीको अधिकार हुन्छ ।

यो सत्य लत्याउँदा सवारीवाला र पैदलयात्रीको भागमा सास्ति परेको छ । लाखौँको घर भत्काएर विस्तार गरिएको सडक किनार करोडका गाडी पार्किङ गर्ने ठाउँ बनेको छ ।

विराटनगर महानगरपालिकाको सडक किनार र पेटी पेदलयात्रुले हिँड्नै नमिल्ले गरी अवरोध गरिएका छन् ।

सडक पेटीमा बालुवा, इँट्टा थुपारिएका छन् ।

सडक पेटीसम्मै विस्तार गरेर मोटरसाइकल ग्यारेज, फर्निचरलगायतका पसलले सडक पेटी नै ढाकिएको छ । सडकमा सामान अपलोड र अनलोड गर्ने गरिएको देखिन्छ ।

निर्माण सामग्री सडकमा राख्ने गरिएको पाइन्छ ।

महानगरबासीले गरेको लापरवाहीले सडक दुर्घटनाको जोखिमलाई निम्त्याएको छ ।

त्योसँगै सहरको सुन्दरतालाई कुरुप बनाएको छ ।

विदेशी दाताको सहयोगमा करोडौँ खर्चेर निर्माण गरिएका सडक तथा पेटीको पार्किङ गर्ने र सामान राख्ने स्थान जस्तो बनेको छ ।

ठूलो लागानी गरेर विस्तार र निर्माण गरिएको सडक संरक्षण गर्ने दायित्व कसको हो ?

सडकमा सवारी गुडाउने र पदल यात्रा गर्ने अधिकार मात्र होइन त्यसको संरक्षण गर्ने कर्तव्य पनि सम्झनु पर्छ ।

फोटो र शब्द : यज्ञ अधिकारी/सुरेन्द्र मल्ल

Loading...