ओस्कर अवार्डमा इतिहासमै पहिलोपटक विदेशी भाषाको फिल्मले जित्यो उत्कृष्ट फिल्मको अवार्ड

अमेरिका, २७ माघ । ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ । योसँगै ‘प्यारासाइट’ ओस्कार अवार्ड जित्ने पहिलो विदेशी फिल्म बनेको छ ।

ओस्कारको ९२ संस्करणसम्म कुनै पनि विदेशी भाषाको फिल्मले उत्कृष्टको अवार्ड जितेका थिएनन् । ‘विदेशी भाषाको फिल्म’ श्रेणीमा बेग्लै अवार्ड दिइन्छ ।

बो जुन होले निर्देशन गरेको यस फिल्मले ‘जोकर’, ‘द आइरिसम्यान,’ ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोर्जो याबिट’, ‘लिटल वुमन’, र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै ‘उत्कृष्टको फिल्मको अवार्ड जितेको हो ।

‘प्यारासाइट’ उत्कृष्ट फिल्मसहित चार विधामा उत्कृष्ट भएको छ । उसले उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको अवार्ड पनि जितेको छ ।

ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड ‘जोकर’बाट जोओकिन फिनिक्सले जितेका छन् । यस्तै, उत्कृष्ट अभिनेत्रीमा ‘जुडी’बाट रेने जेलवेगरले बाजी मारेकी छन् ।

Loading...