विराटनगर, २७ माघ । बलिउडका अहिलेका निकै चर्चामा रहेको जोडी रणवीर कपूर र आलिया भट्ट अब विवाह बन्धनमा चाँडै नै बाँधिने भएका छन् ।

दुई वर्षदेखि प्रेममा रहेको र एक अर्कालाई डेट गरिरहेका रणवीर र आलियाले आफ्नो सम्बन्ध भने सार्वजनिक रुपमा स्वीकार गर्दै उनीहरूको आगामी फिल्म ‘ब्रह्मास्त्र’को प्रदर्शनपछि वैवाहिक बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘ब्रह्मास्त्र’को ४ डिसेम्बर २०२० मा रिलिज हुने भएको छ ।
विवाहका लागि यी दुईले विभिन्न योजनाहरू समेत बनाइसकेका छन् ।
आलियाले भारतमै विवाह गर्ने योजना बनाएकी हुन् ।
आलियाको मन पर्ने स्थान कश्मिर भएको कारणले यी दुईले कश्मिरमा विवाह गर्ने खवर आइरहेका छन् ।
उनीहरू २०२०को अन्तिममा विवाह गर्दै छन् ।
यी दुईको विवाह यो वर्षको चर्चित विवाहमध्ये एक हुनेछ ।
यी दुईले आफ्नो व्यस्त समयबाट विवाहका लागि एक महिना समय निकाल्ने भएका छन् ।