बेन्जेमाले रोनाल्डोलाई उछिने, बने रियल मड्रिडका सर्वाधिक असिस्ट गर्ने खेलाडी !

एजेन्सी, २७ माघ । स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमा क्लबको इतिहासमा सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी बनेका छन् ।

अघिल्लो राति ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा एक असिस्ट गरेका उनी रियलको इतिहासमा सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका हुन् ।

रियलले ओसासुनाविरुद्धको खेल ४–१ गोलले जितेको थियो ।

ओसासुनाकै मैदानमा भएको खेलमा रियललाई जिताउन इस्को, सर्जियो रामोस, लुकास भास्क्वेज र लुका जोभिकले समान एक–एक गोल गरेका थिए ।

बेन्जेमाले भास्क्वेजको गोलमा पास मिलाएका थिए । खेलकोे ८४औं मिनेटमा बेन्जेमाको असिस्टमा भास्क्वेजले गोल गरेका थिए ।

यस असिस्टसँगै बेन्जेमा रियल मड्रिडको इतिहासमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी बनेका हुन् ।

बेन्जेमाले रियलका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोको रेकर्ड आफ्नो नाम गरेका छन् ।

यसअघि रियलको इतिहासमा सर्वाधिक धेरै असिस्टकर्ता रोनाल्डो थिए ।

रियलबाट ९ वर्ष खेलेका रोनाल्डोले १ सय ३१ असिस्ट गरेका थिए ।

अब भने १ सय ३२ असिस्ट गरेका बेन्जेमा सर्वाधिक असिस्टकर्ता बनेका छन् ।

बेन्जेमाले यो सिजन ला लिगामा ६ असिस्ट गरेका छन् । ३१ खेल खेलेका उनले रियलका लागि १८ गोल र ९ असिस्ट गरेका छन् ।

Loading...