ओस्करमा उत्कृष्ट अभिनेता बने ‘जोकर’का जोआक्वीन

विराटनगर, २७ माघ । उत्कृष्ट अभिनेतातर्फ ’जोकर’का अभिनेता जोआक्वीन फिनिक्सले उपाधि जितेका छन् ।

आइतबार राति अमेरिकाको लस एन्जलसमा आयोजित अवार्ड समारोहको ९२औं संस्करणमा फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

यो उनको पहिलो अवार्ड हो ।

फिनिक्सले स्टेजमा जलवायु परिवर्तनदेखि रंगभेदसम्मका विषयमा कलामार्फत प्रस्तुत गर्दै समाजका विकृति नै आफ्ना प्रस्तुतिका विषयवस्तु हुने बताए ।

उनले भने, ‘हामीले एकअर्कालाई गाइड र शिक्षित गर्दै गएमा यस्ता कुरा कम हुँदै जान्छन्, । र, मानवता दरिलो बन्न सक्छ ।’

एक मिलियन डलर कमाउन सफल भएको फिल्म ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनित भएको थियो ।

उत्कृष्ट अभिनेत्रीमा ‘जुडी’ चलचित्रबाट रेन्जी जेलविगरले अवार्ड प्राप्त गरेकी हुन् ।

ओस्कार अवार्ड अन्तर्गत ‘वन्स अपअन अ टाइम’बाट उत्कृष्ट सहअभिनेताको अवार्ड ब्राड पिट र र सहअभिनेत्रीको अवार्ड लाउरा डेनले जितेका छन् ।

Loading...