मौसम : आज बादल लाग्ने

काठमाडौं, २७ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मुलुकको केही भागमा बादल लाग्ने जनाएको छ ।

पहाडी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । राति देशका पश्चिमी भू–भागमा आंशिक बादल लाग्नेछ ।

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

सोमबार सूर्योदय ६ बजेर ४६ मिनेटमा भएको छ । सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ । सोमबार बिहान काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस रह्यो ।

दिउँसोको न्यूनतम तापक्रम १७ देखि अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ ।

Loading...