एपीएफको दोस्रो जित, फ्रेन्ड्स पराजित

काठमाडौं, २७ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले दोस्रो जित निकालेको हो ।

सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबमाथि ५–२ गोल अन्तरको जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जिताउन आशिष लामा र प्रविन स्याङतेनले समान २–२ गोल गरे भने टोपबहादुर विष्टले एक गोल गरे ।

यता, पराजित फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले समान एक–एक गोल गरे ।

यससँगै एपीएफले जारी लिगको १२ खेलबाट दोस्रो जित निकालेको छ ।

पुछारबाट दोस्रो स्थानमा रहेको उसले ८ अंक जोडेको छ । फ्रेन्ड्स भने १४ अंकसहित नवौं स्थानमा छ ।

Loading...