जितसँगै पिएसजीलाई १२ अंकको अग्रता

एजेन्सी, २७ माघ । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा ओलम्पिक लियोनलाई पराजित भएको छ ।

पेरिसमा भएको खेलमा पिएसजीले ४–२ को जित निकालेको हो । पिएसजीको जितका लागि एंगल डी मारिया, केलियन एमबाप्पे र इडिन्सन कभानीले एक एक गोल गर्दा एक गोल भने आत्मघाति भएको थियो ।
जितसँगै पीएसजीले लिगमा ६१ अंक बनाएको छ । पिएसजी दोस्रो स्थानमा रहेको मार्से भन्दा १२ अंकले अगाडी रहेको छ ।

खेलको २२औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३८औं मिनेटमा एमबाप्पेले गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफको दोस्रो मिनेटमा फर्नाण्डो मार्ससलले आफ्नै पोस्टमा गोल गरेपछि पीएसजीले ३–० को अग्रता बनायो ।

५२औं मिनेटमा मार्टिन टेरियरले र ५९औं मिनेटमा मउसा डेम्बेलेले लियोनका लागि गोल गरे ।

इडिन्सन कभानीले ७९औं मिनेटमा गोल गरेपछि पीएसजी ४–२ ले विजयी भयो ।

जितसँगै पीएसजीले लिगमा ६१ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेको ४९ अंक छ ।

Loading...