पाँच दिन जहाजमा बसेका यात्रुलाई उत्रन अनुमति

विराटनगर, २७ माघ । कोरोना संक्रमण भएको आशंकामा जहाज भित्रै रोकिएका सर्बसाधारणलाई पाँच दिनपछि उत्रन अनुमति दिइएको छ ।

हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशंकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको हो ।

जहाज भएको परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि पाँच दिनपछि उत्रन अनुमति दिएको बीबीसीले जनाएको छ । जहाजमा ३ हजार ६ सय यात्रु र चालक दलका सदस्य थिए । उनीहरुलाई पाँच दिन जहाज भित्रै राखिएको थियो ।

जापानमा पनि जहाजमा तीन हजार सातसय सर्बसाधरणलाई काेराेनाकाे संक्रमणमा ६ दिनयता जहाजबाट उत्रन नदिइएकाे समाचारमा जनाइएकाे छ ।

Loading...