ला लिगा : सानदार जित निकाल्दै रियल शीर्ष स्थानमा

एजेन्सी,२७ माघ । सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा सथावत रहेको छ । ओसासुनामाथि ४–१ को सानदार जित निकाल्दै रियल अंक तालिाको शीर्ष स्थानमा यथावत रहेको हो ।

ला लिगामा २३ खेल खोलेको रियलसँग ५२ अंक छ । समानखेल खेलेको बार्सिलोना ४९ अंक सहित रियललाई पछ्याइरहेको छ ।

ओसासुनाको मैदानमा भएको खेलमा रियलका लागि इस्को, सर्जियो रामोस, लुकास भास्क्वेज र लुका जोभिकले गोल गर्दा ओसासुनाका युनाई गार्सियाले एक गोल गरे ।

घरेलु मैदानमा खेलको १४औं मिनेटमा युनाइको गोलबाट ओसासुनाले खेलमा अग्रता लिएको थियो तर रियलका लागि ३३औं मिनेटमा इस्कोले गोल गर्दै बराबरीमा ल्याए । पाँच मिनेटपछि रियलका कप्तान सर्जियो रामोसले गोल गर्दै २–१ को स्थीतिमा ल्याए ।

पहिलो हाफ २–१ ले अगाडी रहेको रियलका लागि ८४औं मिनेटमा लुकास भास्क्वेजले गोल गरे ।
थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा लुका जोभिकले गोल गर्दै ४–१ को सानदार जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको रियलले ३ अंकको अग्रता यथावत राखेको छ ।

Loading...