पत्रपत्रिकामा देश : निर्मला हत्या प्रकरणमा दिलिप नै दोषी, आठ हजार डलरमा बालबालिका विदेश पठाउँदै नेपाल

बुहानबाट नेपाली फर्काउन निर्देशन

विराटनगर, २७ माघ । संविधानले नेपालमा जन्मिएका बालबालिकाले पढ्न र हुर्कन पाउने ग्यारेन्टी गरेको छ । तर नेपाल सरकारले भने धर्मसन्तानका रुपमा नेपाली बालबालिका विदेश पठाउँदै आएको छ ।

सरकारले पछिल्लो २० वर्षमा दुई हजार ६ सय ३३ बालबालिकालाई धर्म सन्तानको रुपमा बालबालिकालाई विदेश पठाएको छ । तर उनीहरु कहाँ छन् भन्ने सरकारसँग कुनै तथ्याङ्क छैन् ।

धर्म सन्तानको रुपमा बालबालिका पठाउँदा सरकारले आठ हजार डलर पाउँछ । २० वर्षमा धर्मसन्तानका रुपमा बालबालिका पठाउने नेपालले २ करोड १० लाख ६४ हजार डलर संकलन गरेको खबर नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षिय बालिका निर्माला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ ।

डिआजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै प्रहरीले अघिल्लो प्रतिवेदन खारेज गरेको हो ।

पछिल्लो प्रतिवेदनमा बलात्कार र हत्या प्रकरणमा दिलिप सिंह बिष्ट नै दोषी रहेको देखाइएको छ । विष्टमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको खबर आजको काान्तिपुर दैनिकमा छ ।

चीनको वुहानमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन राष्ट्रिय मानव अधिकारले निर्देशन दिएको छ । चीनमा रहेका नेपालीलाई ल्याउन उनका आफन्तहरुले हार गुहार गरिरहेका छन् । तर नेपाल सरकारले अझै ल्याउने टुंगो नभएको खबर आजका पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।

फेसबुक र ट्वीटरमा विज्ञापन भुक्तानीका लागि राष्ट्र बैंकले कार्यविधि बनाउन सुरु गरेको छ । सामाजिक सञ्जालमा विज्ञापन गरे कारवाही गर्ने निर्णय गरेको राष्ट्र बैंकले कार्यविधि बनाउन सुरु गरेको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...