अष्ट्रेलियामा आगलागीपछि वर्ष, जनजिवन प्रभावित

एजेन्सी, २६ माघ । अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा भारी वर्षा भएको छ । आगलागी पछि भएको ठूलो वर्षाका कारण राजधानी सिड्नीलगायतका क्षेत्र जलमग्न भएको छ ।

भारी वर्षाका कारण सडक जलमग्न भएका छन् । केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

शनिबार रातिको वर्षा दुई दशकयताकै ठूलो मापन गरिएको अधिकारीहरुले बताएका छन् ।

वर्षाका कारण झण्डै पाँच हजार हेक्टर वन क्षेत्र सखाप पारेको ठूलो डढेलो भने निभेको बताइएको छ ।

Loading...