बसमा आगलागी हुँदा उडिसामा पाँचजनाको मृत्यु

विराटनगर, २६ माघ । भारतको उडिसा राज्यको गंजम जिल्लामा बसमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ ।

गुडिरहेको बसमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने बसमा सवार ३० जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईकाअनुसार विद्युत प्रशारण लाइनको तारमा गुडिरहेको बसले अचानक छुँदा आगलागी भएको थियो ।
११ किलोवाट क्षमता भएको विद्युत प्रसारण लाइनको सम्पर्कमा आउँदा बसमा आगलागी भएको थियो ।

Loading...