न्यूरो हेल्थ कलेजको स्पोर्टस मिट

विराटनगर, २६ माघ । यूरो अस्पतालद्वारा सञ्चालित न्यूरो हेल्थ कलेजमा स्पोर्टस मिट सुरु भएको छ । आइतबारबाट सुरु स्पोर्टस मिटमा भलिबल , कबड्डी , एथ्लेटिक्स, चेस , क्यारमबोर्ड लगायतका खेलकुदको प्रतियोगिता सञ्चालन हुनेछ ।

कलेज प्रमुख टिकाप्रसाद निरौलाका अनुसार पहिलो दिन भलिबल खेलमा दोश्रो बर्षमा अध्यनरत नर्सिङका बिद्यार्थीहरुले पहिलो बर्षका नर्सिङका बिद्यार्थीहरुलाई २—१ सेटले पराजित गर्दै उपाधि जितेका छन् ।

भलिबल खेलमा एचए तर्फ तेश्रो वर्षमा अध्ययनरत बिद्यार्थीको टोलीले दोश्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई २—१सेटले पराजित गरे ।

२०६५ सालमा स्थापना भएको कलेजमा वार्षिक रुपमा खेलकुद सप्ताह सञ्चालन गर्दै आएको छ । कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास लागि खेलकुद सप्ताह आयोजना गरिएको बताए ।

Loading...