एभरेष्टमा फुटबल र भलिबल प्रतियोगिता

विराटनगर, २६ माघ । विराटनगर–५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा ‘एभरेष्ट फुटबल तथा भलिबल टुर्नामेन्ट’ शुरु भएको छ । टुर्नामेन्टमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थी सहभागी छन् ।

विद्यालयका ३ देखि कक्षा ५ सम्मका चारवटा हाउस, कक्षा ६ र ७ का चार हाउस र कक्षा ८ र ९ का चारवटा हाउसबीच प्रतिष्पर्धा हुनेछ ।

विद्यालयका अतिरिक्त कृयाकलाप इञ्चार्ज राजन भट्टराईका अनुसार आइतबार टुर्नामेन्टको उद्घाटनका कक्षा ३ देखि ५ सम्मका कर्णाली र मेचि तथा कोशी र गण्डकी हाउसबीच खेल भएको छ । जसमा मेची र गण्डकी विजय हुँदै फाइनल प्रवेश गरेका छन् ।

Loading...