Rumpum

Rumpum Advertisement

सीसी टिभी फुटेजका आधारमा पक्राउ परे मन्दीरबाट चोरी गर्ने

सीसी  टिभी फुटेजका आधारमा पक्राउ परे मन्दीरबाट चोरी गर्ने

विराटनगर, २६ माघ । मोरङको रंगेली नगरपालिका– ७ मा रहेको संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

२२ माघ राति मन्दीरबाट ११ लाख ३५ हजार मुल्य बराबरको सामाग्री चोरी गरेको आरोपमा रंगेली नगरपालिका– ३ बस्ने भुवन पराजुलीलाई पक्राउ गरेको हो ।

मन्दिरको कम्पाउण्ड नाघेर मन्दीरबाट चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश तथा छोटी माताको पुरानो मूर्ति चोरी गरेको सीसी टिभी फुटेजमा देखिएपछि पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी परिक्षक विश्व अधिकारीले जानकारी दिए । ।

पहिचान नखुल्ने गरी मुख छोपेर चोरी गरेका पराजुलीलाई ज १२ प ५४६८ नम्बरको मोटरसाइकल प्रयाेग गरेका मन्दिर आएका थिए । क्यामेरामा माेटरसाइकल नम्बर देखिएपछि प्रहरीलाइ खाेजी गर्न सहज भएकाे थियाे ।

मोटरसाइकल खोजी गर्ने क्रममा पराजुली पक्राउ परेका हुन् । पक्राउ परेका पराजुलीले पलङमुनी लुकाएको अवस्थामा मन्दीरका सामाग्री फेला पारेको हो । चाँदीको सिक्री भने गोबरग्यास अगाडि लुकाएको अवस्थामा फेला परेको थियो ।