Rumpum

Rumpum Advertisement

चीनबाट नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

चीनबाट नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं, २६ माघ । कोरोना भाइरस व्याप्त चीनको हुवेईका नागरिक तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको आयोगको बैठकले चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।

आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।

बैठकपछि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा त्यहाँका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील हुन सरकारलाई निर्देशन दिएका छ ।

नेपालीका अभिभावकहरूले आयोगसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

चीनमा हाल १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि फारम भरेका छन् ।