Rumpum

Rumpum Advertisement

ओमानसँग नेपाल स्तब्ध

ओमानसँग नेपाल स्तब्ध

काठमाडौँ, २६ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले ओमानविरुद्ध दोस्रो हार ब्यहोरेको छ ।

आइतबार ओमानविरुद्ध दोस्रो खेल खेलेको नेपाल ओमानसँग ८ विकेटले स्तब्ध भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७. २ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

ओमानको जितमा अकिब लियासले अजिवित रहँदै शतक बनाएका थिए ।

१ सय ८ बलमा उनले १२ चौका र एक छक्काको सहायतामा १ सय ९ रन बनाए ।

यस्तै कप्तान जीशन मक्सूद अजिवित रहँदै अर्धशतक बनाए ।

उनले ७९ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाए ।

यस्तै खबर अलीले ४१ रन बनाउँदा जतिन्दर सिंहले २३ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल मल्ल र सुसन भारीले समान एक–एक विकेट लिए ।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गरेको थियो ।

जसमा निर्धारित ५० ओभरको खेल खेल्दै नेपालले २ सय ५० बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ्स खेले ।

ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५६ रन बनाए ।

यसैगरी पूर्वकप्तान पारस खड्काले ३८ रन बनाए ।

पारसले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

यस्तै कुशल मल्लले २ चौका र २ छक्काको मद्दतले २८ रन बनाए भने आरिफ शेखले पनि २८ रन बनाए ।

आरिफले ४५ बल खेल्दा एक चौका हाने ।

विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि नेपाली टोलीमा फर्किएका सुवाशले ४२ बलमा एक चौका हान्दै २२ रन जोडे ।

यसैगरी १६ बल खेलेका करणले एक चौकाको सहायताले १० रन जोडे ।

बलिङतर्फ अकिक लियासले ४ विकेट लिए भने मोहम्मद नदीमले ३ विकेट झारे ।

यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।

तीन दिन अघिमात्र नेपालले ओमानसँग १८ रनको पराजय भोगेको थियो ।

अब बुधबार नेपालले पुनः अमेरिकासँग खेल्नेछ ।

यसअघि अमेरिकाविरुद्धको खेलमा नेपालले ३५ रनको जित निकालेको थियो ।