विराटनगरमा नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता

यज्ञ अधिकारी,
रंगेली, २६ माघ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विराटनगर महानगरपालिका नमुना बिद्यालय कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

नमुना विद्यालयका लागि महानगरपालिकाले प्रत्येकलाई ५० लाख रुयैयाँ बजेटको व्यवस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो ।

महानगरभित्रका माध्यमिक विद्यालयहरू आदर्श, राधाकृष्ण, विराट बहिरा, लक्ष्मीनारायण, मिल्स, पोखरिया, गोग्रा, मदर्शा ताजुल स्लाम, मदर्शा असर्फी नमुनालगायत १० विद्यालय नमुनाका लागि छनौट भएको शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

उनका अनुसार मिल्स, आदर्श, पोखरिया, लक्ष्मीनारायणले आघिल्लो आर्थक वर्षमा सबै बजेट लगिसकेका छन् । मदर्शा ताजुल स्लामले विवादको कारणले बजेट लान सकेको छैन ।

राधाकृष्ण माविले अघिल्लो आर्थिक वर्षमा २५ लाख लगेकोमा चालु आर्थिक वर्षमा १० लाख पाइसकेको छ ।

त्यसैगरी बजेट लैजानेमा सत्यनारायण मावि र गोग्राह मावि पनि रहेका छन् ।

विराट बहिरा माविले भने अघिल्लो आर्थिक वर्षमा १० लाख लगेकोमा चालु आर्थिक वर्षमा पनि १० लाख लगेको छ ।

महानगरमा नमुना विद्यालय व्यवस्थापनको काम केन्द्रको निर्देशिकाअनुसार भइरहेको र महानगरले आफ्नो निर्देशिका धमाधम निर्माण गरिरहेको महनगरका शिक्षा शाखा प्रमुख खतिवडाले बताए ।

महानगरले चार वटा विद्यालयबाट सुरु गरेको नमुना विद्यालय कार्यक्रम अहिले १० वटा विद्यालयमा पुगिसकेको छ ।

यसलाई निरन्तरता दिँदै जाने विराटनगर महानगरपालिकाको योजना छ ।

विराटनगर महानगरपालिकामा २० वटा धार्मिक र ५५वटा सामुदायिक विद्यालय छन् ।

सबै विद्यालयमा ३२ हजार बालबालिका अध्ययन गर्छन् ।

Loading...